धनकुटाका ११ जना पत्रकारले लगाए कोरोना विरुद्धको खोप

धनकुटा, २ फागुन । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका काठमाडौँबाहिर कार्यरत पत्रकारहरु लाई कोरोनाविरुद्धको खोप लगाउँन थालिएको छ ।

यसै क्रममा धनकुटाका ११ जना पत्रकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्…

माधवनारायणका बर्तालु पनौतीमा

काठमाडौँ, २ फागुन (रासस) ः पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका बर्तालु माधवनारायण भगवान्सहित काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती पुगेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका बर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शाली नदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । दिउँसो पनौती हिँडेका बर्तालु भक्तपुर हुँदै काभ्रेपलाञ्चोकको पनौती पुगेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

तृतीयाको बेलुकी पनौती पुगेका बर्तालुले माघ शुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गर्ने विधि रहेको छ । स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक शहर पनौती परिक्रमा गरी चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिन्छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शाली नदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका बर्तालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने पत्रकार पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी विना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शाली नदीमा आएको समितिले जनाएको छ ।

शनिबार र सार्वजनिक बिदा परेका दिन शाली नदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शाली नदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएरमात्र मन्दिर प्रवेश गराइन्छ ।

मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शाली नदीमा एकमहिने माधवनारयण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।