प्रदेश १ सरकार स्थापनाको तीन बर्ष पुरा,भविष्यप्रति आशाको भाव सिर्जना : मुख्यमन्त्री राई

विराटनगर, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दु्रतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै भौतिक पूर्वाधार विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका काम, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधि, सुरक्षा बन्दोबस्तीका तयारी आदि सबै क्षेत्रमा कोभिड–१९का कारण प्रतिकूल परिस्थितिका बाबजुद पनि निकै उत्साहजनक प्रगति हासिल गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षसँग तादात्म्य मिलाउँदै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी आम जनताको समृद्धि र समुन्नतिको आकांक्षालाई आत्मसास गर्दै दृढ सङ्कल्पका साथ अघि बढिरहेको धारणा राख्नुभयो । सरकार जनमुखी भई चुस्त सेवा प्रवाह गर्न तथा पारदर्शी एवं जवाफदेहितायुक्त सुशासन प्रवद्र्धन गर्दै अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले तीन वर्षको अवधिमा सरकारले स्वच्छतामा करीब आठ प्रतिशत, समुन्नतिमा ४५ प्रतिशत र सुखमा ४७ प्रतिशत कार्यक्रम रहेको जानकारी दिँदै प्रदेश सरकारले ४९ कानून, २४ नियमावली, १० निर्देशिका, २८ कार्यविधि र एक÷एक मापदण्ड र गठन आदेश गरी कूल ११३ कानूनी दस्तावेज तयार गरी संस्थागता आधार तयार गरेको प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री राईले कोरोना जनसुरक्षा कोष रु २५ करोडको स्थापना गरी सरकारले १० दिनमा कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र निर्माण गरेको जानकारी दिँदै चीनको स्वशासित राज्य तिब्बतबाट रु १० करोड बराबरको उपचार सामग्रीको सहयोगसहित स्वीस सरकारको उल्लेखीय सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँले प्रदेशमा स्वदेशी र विदेशी लगानीका लागि प्रदेश लगानी प्राधिकरण गठन गरिएको बताउनुभयो ।

उहाँले प्रदेशमा ४५ हजार १८९ जनाको रोजगारी सिर्जना भएको बताउँदै विराटनगरलाई नेपालको पूर्वी हवाई पर्यटकीय द्वारका रुपमा परिणत गर्ने काम भइरहेको जानकारी गराउनुभयो । खाद्यान्नमा प्रदेश आत्मनिर्भर अवस्थामा रहेको जानकारी दिँदै मुख्यमन्त्री राईले विपद् व्यवस्थापन, सूचना तथा सञ्चार क्षेत्रमा, सिँचाइ विकास, जलउत्पन्न प्रकोप व्यवस्थापन, ऊर्जा विकास, खानेपानी विकास तथा सरसफाइ र सडक यातायातमा सरकार लागि परेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको तीन वर्ष कार्यकालको अवसरमा सबै प्रदेशवासीलाई शुभकामना पनि दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।