धनकुटाका ६ सय २३ जनालाई कोरोना विरुद्धको खोप
शर्मिला राई/धनकुटा । पहिलो चरण अन्र्तगत दोश्रो प्राथामिक्तामा परेका आज सम्म धनकुटाका ६ सय २३ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ ।
आज जिल्लाको डाँडावजार प्राथामिक स्वास्थ्य केन्द्रको खोप केन्द्रबाट चौविसे र सागुरीगढी गाउँपालिकाका ९७ जना र धनकुटा अस्पतालको खोप केन्द्रबाट १ सय ३३ जनालाई खोप लगाईए सँगै कोरोना विरुद्धको खोप लगायनेको सँख्या ६ सय २३ पुगेको हो ।
अव भोलि र पर्सि धनकुटा अस्पतालको खोप केन्द्र मार्फत खोप लगाईने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
जिल्लामा पहिलो चरणको दोश्रो प्रथामिक्तामा परेका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनीधि तथा सञ्चारकर्मीहरुलाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको हो ।


