धनकुटाका थप ३ सय ४५ जनालाई कोरोना भाईरस विरुद्धको खोप
धनकुटा,फागुन ५ । आज धनकुटाका थप ३ सय ४५ जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ ।
धनकुटा अस्पतालको खोप केन्द्र मार्फत २ सय ७९ र डाँडावजार प्राथामिक स्वास्थ्य केन्द्रको खोप केन्द्र मार्फत ६६ जना सहित जम्मा उल्लेखित संख्याका राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनीधिहरुलाई यो भाईरस विरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा पहिलो चरण अन्र्तगत दोश्रो प्राथामिक्तामा परेका कोरोना विरुद्धका खोप लगाउनेहरुको सँख्या जम्मा ९ सय ६८ पुगेको छ । धनकुटा जिल्लामा गत आईतवार देखी दोश्रो प्राथामिक्तामा परेकाहरुलाई खोप लगाउन शूरु गरिएको थियो ।


