१ हजार २ सय १५ जनालाई कोरोना भाईरस विरुद्धको खोप
शर्मिला राई,धनकुटा । पहिलो चरणको दोस्रो प्राथामिकतामा परेका धनकुटाका १ हजार २ सय १५ जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ ।
जसमध्ये महिला ४१३ र पुरुष ८०२ जना रहेको स्वास्थ्य कार्लय धनकुटा प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।
प्रमुख गुरागाईका अनुसार स्वास्थ्यकर्मी ६३,जनप्रतिनीधि १ सय २४, निजामती कर्मचारी ५ सय ३३, जनपद प्रहरी ९४, स-सस्त्र प्रहरी २,
बैंक वित्तिय कर्मचारी १ सय ६३, संघ संस्था कर्मचारी १ सय ८१,
न्यायका कर्मचारी ३५ र २० जना पत्रकारलाई खोप लगाईएको हो ।
जिल्लामा गत आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई विभिन्न तीन स्थानमा खोप केन्द्र तोकी खोप लगाउन शूरू गरिएको थियो ।


