अविश्वासको प्रस्तावमा सरकारले कुनै सम्झौता गर्दैन- मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनामा अस्थिरता र अराजकता सृजना गरी कमजोर बनाउने काम भइरहेको बताएका छन् ।

प्रजातन्त्र दिवशको अबसरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित विषेश समारोहलाई सम्वोधन गदै मुख्यमन्त्री राईले प्रदेशमा उठेका कानूनी र बैधानिक प्रश्नहरुको निरुपरण गर्न सरकार तयार रहेको जनाए ।

उनले प्रदेशमा उत्पन्न समस्याको अन्त्य गर्न सरकार तयार रहेकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनले प्रदेश संरचनालाई बलियो र प्रभावकारी बनाउने जिम्मवारी सबैको भएकाले सबै सहयात्री दललाई गम्भीर जिम्मेवारीका साथ भूमिका खेल्न आग्रहसमेत गरे ।

आफू विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रति लक्षित गरी मुख्यमन्त्री राईले भने, ‘हाम्रो प्रदेशमा पनिसंरचना कमजोर बनाउने र जनताको विकास र समृद्धीको चाहानालाई तुसारापात गर्ने उद्देश्यका साथ कदम चालिएको छ ।’

उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधि सम्वत नभएको दाबी गदै घुमाउरो तरिकाले अविश्वासको प्रस्ता फिर्ता लिन आग्रह समेत गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।