सोलु एफएममा आ’गलागी
सोलुखुम्बु, १७ फागुन । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आ गलागी भएको छ । आज विहान लागेको आ गलागी नि यन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आ गोले रेकडिङसहित भवनसमेत ज लेर न ष्ट भएको जनाइएको छ । आ गलागीबाट रु एक करोड बराबरको क्ष ति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आ गलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।
नगरपालिकाको दमकल, स शस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । विसं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । रेडियोको सामग्री सबै ज लेर न ष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ ।(रासस)


