फुङ्लिङमा आ’गला’गीबाट ३३८ परिवार विस्थापित
फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आ’गला’गी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ। पछिल्लो सत्र वर्षमा आ’गला’गीबाट ३९३ परिवार वि’स्थापित हुन पुगेको र १५२ घर ज’लेर न’ष्ट भएको तथ्याङ्क छ।
विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आ’गला’गीमा ४५ घर ज’लेर न’ष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए। विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आ’गला’गीबाट आठ घर ज’लेर न’ष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ। विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आ’गला’गीबाट पाँच घर न’ष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए।
त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आ’गला’गी हुँदा ३७ घर ज’लेर न’ष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए । विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आ’गला’गीबाट सात घर न’ष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए।
त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आ’गला’गीबाट ४९ घर न’ष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको ताप्लेजुङ जिल्लाको तथ्याङ्कमा रहेको छ। रासस


