धनकुटाका ५५ बर्ष माथि उमेरका २२ हजार ४ सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाइने
धनकुटा,१९ फागुन । फागुन २३ बाट सुरु हुनलागेको जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप अभियानमा धनकुटाका ५५ बर्ष माथीका २२ हजार ४ सय ९३ जनालाई खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थकार्यलयले धनकुटामाआज गरेको संचारकर्मिहरु संगको अन्र्तकृया कार्यक्रमाजानकारी गराउँदै स्वाथ्यकार्यलय धनकुटाकाप्रमुखतुलसीप्रसाद गुराँगाईले उतmजानकारी दिनु भएको हो ।
जिल्लाका १ सय ७५ खोप केन्द्र बाटखोप लगाइने अभियानमा ३ सय ५० स्वाथ्य स्वयमसेविका सहभागिहुने छन् १ सय ७५ जना स्थाय सहयोगि रहने समेत गुरागाईले जानकारी दिनु भयो ।
अभियान ३ दिन सम्मचल्ने छ ।उक्त खोप अभियानमा महालक्ष्मी नगरपालिकामा ४ हजार ३ सय ७३,धनकुटा नगरपालिकामा ५ हजार १ सय ३३,पाख्रिबास नगरपालिकामा २ हजार ८ सय २०,चौबिसे गाउँपालिकामा २ हजार ३ सय ८४,साँगुरीगढी गाउँपालिकामा,२ हजार ७ सय ६८,सहिदभुमि गाउँपालिकामा २ हजार ३ सय ९४ जना गरि जिल्लाभरि २२ हजार ४ सय ९३ जनालाई कोभिड(१९ विरूध्दको खोप कोभिशिल्ड लगाइदिने लक्ष्य लिइएको स्वास्थ्य प्रमुख गुरागाईँले बताउनु भयो ।
अभिमुखि कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा धनकुटा जिल्लामा क्रियाशील संचारकर्मीहरूको सहभागिता रहेको थियो ।


