ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै, तीन बुँदे सहमति सार्वजनिक हुने

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार भएको तीन बुँदे सहमति शुक्रबार सार्वजनिक हुने भएको छ। दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

तीन बुँदे सहमतिलाई हालसम्म गोप्य राखिएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको थियो। फागुन १८ गते सरकार र ‘विप्लव’ पक्षले वार्ता टोली घोषणा गरेका थिए।

सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा थिए। त्यस्तै, विप्लव पक्षबाट सो पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ वार्ता टोलीमा थिए।

दुवै टोलीबीच १९ गते दुई चरणमा र २० गते वार्ता भएको थियो। २० गते बिहानको वार्तामा तीन बुँदे सहमति भएको थियो। सहमतिपछि जारी प्रेस नोटमा बादल र प्रकाण्डले हस्ताक्षर गरेका थिए। ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरु रहेका छन्’, प्रेस नोटमा भनिएको छ। सोही नोटमा सहमतिको विस्तृत विवरण फागुन २१ गते ९आज० विशेष समारोहबीच सार्वजनिक गरिने र समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने उल्लेख छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।