ओली सरकार हटाउने खेल शुरु : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताएकी छिन् ।

बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै उनले सरकारले ऐतिहासिक काम गरेको बताईन् । मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै सरकार हटाउने खेल पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।