फोनिज १ नं प्रदेशको भेला आजबाट शुरु
सुनसरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज १ नं प्रदेशको भेला रामधुनी नगरपालिका वडा नं ७ रास ताल, चौसट्ठी बिघामा आजबाट शूरू भएको छ ।

संचारमा समावेशिता कानुन चाहियो ब्याबहारमा पनि भन्ने मूल नाराकाका साथ नेपाल आदिवासी जनजाती ९फोनिज० प्रदेश समितिको आयोजनामा दोस्रो ऐतिहासिक प्रदेश भेला शूरू भएको हो ।
नेपाल आदिवासी जनजाती (फोनिज) सुनसरीको स्थानीय संयोजनमा आज देखि दुई दिनसम्म भेला चल्ने फोनिज १ नं समितिका महासचिव विदुर खवासले बताउनु भयो । नेपाल पत्रकार महासंघको अधिवेशन लगायत आदिवासी जनजातीको विविध विषय र मुद्दामा छलफल गरि घोषणा पत्र जारी गरिने पनि उहाँले बताउनु भयो ।
भेलाको खुला सत्रमा आदिवासी जनजातीहरूको विषयमा पत्रकारिताको माध्यमबाट योगदान पुराएको भन्दै कमन देवान र सुप्रीय राईलाई नगद रू क्रमश यम प्रधान पत्रकारिता पुरस्कारबाट रू १० हजार ५ रूपैया,विष्णुमाया लाल बहादुर राई स्मृति पत्रकारिताबाट ५ हजार २ सय १३ र सम्मान पत्र प्रदान गर्दै सम्मानित समेत गरेको छ ।
फोनिज १ नं प्रदेशका अध्यक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा सम्पन्न आजको खुला सत्रमा फोनिजका संघीय पूर्व सल्लाहकार तथा बरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई,फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङ,फोनिजका बरिष्ठ उपाध्यक्ष गजुरधान राई, नेपाल प्रेस संगठन नेपाल प्रदेश अध्यक्ष लिलाराज भट्टराई,नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला बल्लभ घिमिरे,प्रेस संगठन नेपाल प्रदेश अध्यक्ष देबेन्द्र कार्की,प्रेस मंच नेपालका राम योङहाङ,संघिय प्रेसका दिल कुमार लावती लगायतकाले भेलामा शूभकामना मन्तब्य राखेका थिए ।
भेलामा विभिन्न जनजातिका नृत्य, कलाका साथै थारू चलचित्र संस्कृतिक संघका कलाकारहरूले विविध नृत्य समेत प्रस्तुत गरेका थिए ।


