आजबाट समूदाय स्तरमा कोरोना भाईरस विरुद्धको खोप लगाउन शूरु

धनकुटा । नेपाल सरकारले आजबाट समूदाय स्तरमा कोरोना भाईरस विरुद्धको खोप लगाउन शूरु गरेको छ ।

जसअनुसार धनकुटा जिल्लाको पनि प्रत्यक स्थानिय तहमा स्थापना गरिएको खो केन्द्र मार्फत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई खोप लगाउन शूरु गरिएको छ । सोही कार्यक्रम अन्र्तगत आज जिल्ला भर जम्मा २ हजार ३ सय ९५ जनाले खोप लगाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानिय तहका १ सय १५ वटा खोप केन्द्र मार्फत उल्लेखित संख्याका जेष्ठ नागरिकहरुलाई खोप लगाईएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

खोप कार्यक्रमका लागि ३ सय ५० जना तालिम प्राप्त स्वयंसेवक खटिरहेका छन् । यसैवीच शहिदभूमी गाउँपालिकाका २ सय ३७ जनाले आज कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् ।

गाउँपालिकाको ८ वटा खोप केन्द्र मार्फत उल्लेखित संख्याका नागरिकलाई २५ भाएल खोप लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्दले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।