वातावरण संरक्षण र पर्यटन विकासलाई प्राथमिकता: सेना

काठमाडौं । नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येय सेनाले निजगढ र जितपुुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ किमी साइक्लिङ २०७७ ’आयोजना गर्यो ।

सो कार्यक्रमको समापनका अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले राष्ट्रिय निकुुञ्जलाई पर्यटन गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक कार्यक्रम घोषणा हुन आवश्यक रहेको बताए । उनले भने , “निकुुञ्ज क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके स्थानीयवासीको जीवनस्तर उकास्न योगदान पुुग्छ, राज्यको समेत आयस्रोत बढ्छ ।”

जिल्लास्थित पर्यटन बोर्ड, होटेल एसोसिएशन र साइक्लिनिङ राइडरको समन्वय र सहकार्यमा आयोजना गरिएको ५५ किमी दूरीको उक्त कार्यक्रममा पूूर्वप्रधानसेनापति गौरवशम्शेर जवरा, विश्व साइकल यात्री तथा मुुलुकको पर्यटन क्षेत्रमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । उक्त साइकल दौडमा २२० जना सहभागी थिए ।

उक्त प्रतियोगितामा पुुरुषतर्फ शिवबहादुर रायमाझी प्रथम, भेषराज बास्तोला द्वितीय र ललित शाही तृतीय भए । महिलातर्फको १० किमी दूरीको प्रतियोगीतामा रोजिना भण्डारी प्रथम, सीता चौधरी द्वितीय र पूूर्णिमा खडकाले तृतीय स्थान प्राप्त गर्न सफल भए ।

सोही उपलक्ष्यामा वाहिनीले २५ किमी दूरीको पहिलो प्रकृतिक संरक्षण साइकिल दौड प्रतियोगिता आयोजना गरेको थियो । साइक्लिङतर्फ सुुरज राना प्रथम, बाबुुराम विश्वकर्मा द्वितीय र जितु चौहान तृतीय भए। महिलातर्फ सुनसरीकी ईन्द्रकुमारी तामाङ, सुनसरीकी विदिशा चौधरी र नेपालगञ्जकी पार्वती सार्की क्रमशः प्रथम, द्वितीय र तृतीय भए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।