विराटनगरमा आकाशे पुल बन्ने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरका इन्जिनीयर अर्जुन थापाले जानकारी दिनुभयो ।

उक्त तीन पुल रु दुई करोड ४७ लाखको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्वाइ, पाँच दशमलव पाँच मिटर उचाइको हुने छ । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई ‘स्टेयर’, घाँस चोक र कञ्चनबारीमा चार ‘स्टेयर’को हुने छ ।

कला विल्डरले बरगाछी र घाँस चोकको र आर के विल्डर्सले कञ्चनबारीको निर्माणको ठेक्का पाएको इञ्जिनीयर थापाले बताउनुभयो । सो अवसरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले नगरको यातायात, स्वास्थ्य , शिक्षा र खेलकूदको क्षेत्रमा महानगरले काम गरेको चर्चा गर्दै आगामी दिन नगरको शोभा झल्किने नगर स्वागतद्वार निर्माण गर्ने बताउनुभयो ।

वडा नं ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले पुल निर्माणबाट नागरिकले सडक दुर्घटनामा अकालै ज्यान गुमाउने कार्यमा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्बन्धी सात दिने आधारभूत तालीम आज यहाँ सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडाँै र मोरङ शाखाद्वारा संयुक्त रुपमा सञ्चालित तालीममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, सिरहा र उदयपुरका ३० जना महिलासहित ४२ जनाको सहभागिता रहेको थियो । तालीमका प्रशिक्षाथीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानका लागि स्थलगत रुपमा समाचार सङ्कलन गराइएको थियो । एकदेखि दुई वर्षसम्म विभिन्न सञ्चार गृहमा कार्य गरिरहेका प्रशिक्षार्थीलाई महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिनुभएको हो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।