खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जानकारी दिए । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ । मन्त्रालयले दैनिक गर्दै आएको पत्रकार सम्मेलन भोलिबाट हप्ताको दुई दिन आइतबार र बुधबार मात्र सञ्चालन गरिने उनले जानकारी दिए । भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण दुई दिनभित्र केन्द्रमा पठाउन पनि निर्देशन दिने निर्णय गरेको उनले बताए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।