नेपाल औषधि व्यवसायी संघको तीन जिल्लाको संयूक्त प्रथम जिल्ला अधिवेशन धनकुटामा सम्पन्न,अध्यक्षमा पोखरेल निर्वाचित

धनकुटा,चैत ९ । नेपाल औषधि व्यवसायी संघको तीन जिल्लाको संयूक्त प्रथम जिल्ला अधिवेशन आज धनकुटामा सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ कोशि अञ्चलको आयोजनामा आज धनकुटाको हिलेमा धनकुटा, भोजपुर र तेह्रथुम जिल्लाको संयूक्त अधिवेशनबाट नगेन्द्र पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

निवार्चन अधिकृत लाखमान राईको निवार्चन मण्डलले नगेन्द्र पोखरेल अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो । त्यस्तै गरी उपाध्यक्षमा धन बहादुर बराल ,सचिवमा बलाराम खड्का, कोषाध्क्षमा श्रवण शाह,सह(कोषाध्यक्ष सान्ति देवान लिम्बु, लगायत गरी जम्मा १० सदस्य कार्यसमिति निर्माण गरिएको सचिव खड्काले जानकारी दिनु भयो ।

अधिवेशनका प्रमुख अतिथि प्रदेश १ सांसद निरन राइले बोल्दै मुलुकलाई समृद्ध नेपाल,सुखी नेपाली बनाउने परिकल्पनालाई साकार पार्न सरकार र जनप्रतिनिधिको चाहानाले मात्र सम्भव नरहेको भन्दै यसमा नीजि क्षेत्रका लगानी कर्ता, व्यवसायीहरु एक हुन आवश्यक रहेको बताउनु भयो । त्यस्तै उहाँले देशलाई धनी र समृद्ध बनाउनका निम्ति मानिस स्वस्थ्य हुन जरुरी रहेको भन्दै औषधि व्यवसायी संघले त्यस भित्र रहेका विभिन्न समस्या समाधान गरेर अघाडि बढ्न आग्रह गर्नु भयो ।

नेपाल औषधि व्यवसायी संघ कोशि अञ्चलका अध्यक्ष कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा ताप्लेजुङ पाँचथरका औषधि व्यवसायी संघका अध्यक्ष सुनदर मोहोन शाक्य, मेचिअञ्चल शाखा अध्यक्ष नरेन्द्र बस्नेत,केन्द्रिय सदस्य सर्मिला शाक्य र औषधि व्यवस्थापन विभाग विराटनगरका प्रमुख सञ्जिव कटुवाल लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।