मध्य पहाडी राजमार्गको मादीमा काम शुरु

गण्डकी, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ । गाउँपालिकाका विभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान, काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिनुभयो ।

सो खण्डमा कूल १६ किलोमिटर दूरी रहने जनाउँदै उहाँले लोकमार्गअन्तर्गतका बिभिन्न ठाउँमा काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

उक्त खण्डका विभिन्न १२ ठाउँबाट काम भइरहेको उहाँले जानकारी दिनुभयो । मध्य पहाडी क्षेत्रका सर्वसाधारणको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएको लोकमार्गको काम थालिएसँगै मादी र आसपासका स्थानीयमा खुशी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।