प्रदेश नं १ मा देखियो १३ जनामा कोरोना सङ्क्रमण

विराटनगर, ११ चैत । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।

यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड–१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।