चलचित्र क्षेत्रको विकासका लागि सहकार्य आवश्यक : मन्त्री गुरुङ

बनेपा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रको विकासका लागि सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताएका छन् ।

आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजना र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहकार्यमा बुधबार काभ्रेपलाञ्चोकको पात्लेखेतमा भएको ‘आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशला गोष्ठिलाई सम्बोधन गर्दै उनले चलचित्र विकास बोर्डलाई प्रभावकारी बनाउने बताए ।

आफ्नो धर्म, जाति, भाषा, कला, संस्कृति, पहिचानको जगेर्ना गर्नका लागि लाग्ने काममा सहयोग गर्न आफू तयार रहेको बताउँदै उनले त्यसका लागि कार्यपत्र तयार गरी आदिवासी जनजाति चलचित्र महासङ्घले आगामी दिनमा गर्ने कामका बारेमा नीति निर्माण गरेर आएको खण्डमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले आदिवासी चलचित्रकर्मीले आफूहरुको गन्तब्य के हो र कहाँ जाँदै छौँ भन्ने कुरालाई प्रमुख विषय बनाएर हिजोको समाज, संस्कृति, परम्परा के थियो र अहिले यो अवस्थामा आइपुग्यौँ भनेर समीक्षा गर्न जरुरी रहेको बताउँदै पुर्खा र अग्रजले कस्तो जीवन बितायो र त्यसबाट यहाँसम्म कसरी आइपुग्याँै भने कुराको विश्लेषण गरी चलचित्र, गायन, नृत्य र पत्रकारिताका क्षेत्रबाट उजागर गर्न आवश्यक रहेको बताए ।

त्यसरी गरेको योगदानले आफ्नो पुर्खाले जोगाएर ल्याएको संस्कार, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै भोलिको पुस्तासम्म त्यो खालको शिक्षा र चेतना दिने खालको चलचित्र र पत्रकारिताका माध्यमबाट भूमिका खेल्न उनले आग्रह गरे ।

मन्त्री गुरुङले भावनामा डुबेर गलत कुरामा लाग्ने काम कसैले नगर्न आग्रह गर्दै छोटो अवधिमा आफ्नो स्वार्थपूर्ति गर्नका निम्ति बजारमा के बिक्छ भनेरभन्दा पनि त्यसले समाजलाई रुपान्तरणका निम्ति कस्तो प्रभाव पार्छ भन्नेतर्फ सोचेर सचेत भएर लाग्न आग्रह गरे ।

उनले सरकारी सञ्चारमाध्यम र आमसञ्चारका क्षेत्रको रुपान्तरणका काममा आफू लागिरहेको बताउँदै नेपाल टेलिभिजनमा तामाङ भाषामा कार्यक्रम प्रसारण गर्ने तयारी भइरहेको र अन्य कार्यक्रमलाई समेत सुधार गर्दै नयाँ ढङ्गले अगाडि बढ्ने तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले महासङ्घले आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य भन्ने उद्देश्यका साथ अगाडि बढेको लक्ष्य पूरा गर्नेतर्फ पाँच दिनको गोष्ठी केन्द्रित भएर नयाँ विषय पस्कनाका लागि लाग्न आग्रह गरे ।

चलचित्रले सांस्कृतिक राष्ट्रियता कायम गर्ने खालको सन्देश बोक्न आवश्यक रहेकाले आदिवासी चलचित्रकर्मीले बहुसांस्कृतिक राष्ट्रियता कायम गर्ने खालको बनाउन आवश्यक रहेको बताउँदै उनले अरु मुलुकको जस्तै नेपालमा पनि कूल बजेटको पाँच प्रतिशत लगानी सांस्कृतिक क्षेत्रमा गर्नुपर्नेमा जोड दिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब बन्ने चलचित्रमा आदिवासीको कथा नसमेटिएको चलचित्रले आम मानिसको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने बताए । उनले त्यसरी सबैको चासो र आकर्षण रहेको आदिवासी जनजाति समुदायको सही मुद्दाको खोजी गर्न कार्यक्रमले विषेश जोड दिनुपर्ने बताए । चलचित्रकर्मीको उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रियकरण हुनुपर्छ भन्ने मान्यता भएको कारण केकति कारणले पछि प¥यो वा पा¥यो भन्ने कुराको खोजी गरी त्यसबाट अगाडि बढ्न सबैले सोच्न आवश्यक रहेको उनको भनाइ छ ।

चलचित्र विकास बोर्डका पूर्वध्यक्ष राजकुमार राईले हिजोको जस्तो अहिले नरहेका कारण चलचित्र बोर्ड पुरै परिवर्तन भएर अगाडि बढ्न आवश्यक रहेको बताए । हिन्दी र अङ्ग्रेजी चलचित्र चलेर नेपाली चलचित्रको उत्थान र विकास नहुने भएकाले त्यसतर्फ सोचेर अघि बढ्न चलचित्र बोर्डका अध्यक्षलाई सुझाव दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सङ्घीय अध्यक्ष डण्ड गुरुङले कतिपय अवस्थामा चलचित्रमा खेल्ने कलाकारको चरित्रलाई कुनरुपमा प्रस्तुत गर्ने भन्ने विषयले ठूलो सन्देश दिने भएकाले निर्माताले त्यसतर्फ सोच्न आवश्यक रहेको बताए । चरित्र, पात्र र भूमिका प्रस्तुत गर्ने विषयमा ध्यान दिएर चलचित्र निर्माण गरेको खण्डमा त्यसले दूरगामी महत्व राख्ने उनले बताए ।

गोष्ठीमा संस्थागत रिपोर्टिङका साथै बजारको स्थिति, अहिलेसम्ममा कुनकुन जातिको कति वटा चलचित्र निर्माण ग¥यो, आदिवासी जनजाति चलचित्र विकासका लागि के गर्न सकिन्छ र लगानीकर्ता तथा बजारका क्षेत्रको अवस्थाका बारेमा के कस्तो छ भन्ने विषयमा हुने छलफलमा १५ वटा जातीय संस्थाका करीब ७० जना चलचित्रकर्मीको सहभागिता रहेको महासङ्घका अध्यक्ष अमृतबहादुर सुनुवारले जानकारी दिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।