हुम्लामा छ दिनपछि इन्टरनेट सेवा

सिमकोट,हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट आजदेखि सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि आजबाट पुनः सञ्चालन भएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ । महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको थियो ।

प्राविधिक टोलीले महावु पुगेर मर्मत गरेर आजबाट सो सेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ । हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको छ । टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।