थारु समुदायको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछाँै : गृहमन्त्री

काठमाडौँ, १२ चैत । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिनुभएको छ ।

माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट÷थारुवान् संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताउनुभयो ।

उक्त समस्याको छिटोभन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग पनि वार्ताका माध्यमबाट समस्या समाधान गरिएको जनाउँदै थारु समुदायको माग पनि वार्ताबाटै टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका माग राख्दै केही दिनदेखि आन्दोलन परिचालन समितिका सदस्य माइतीघर मण्डलामा धर्ना बसेका थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।