प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना : कतारमा पाँच बढी भेला हुन नपाइने

काठमाडौँ, १३ चैत । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो ।

सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेका छन् । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा वर्षान्तसँगै कोरोना सङ्क्रमण कम भएको थियो । गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेका भए पनि सङ्क्रमण फैलने दर अझै नियन्त्रणमा आएको छैन ।

कतारले सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै त्यहाँको ‘सुप्रिम कमिटी फर क्राइसिस म्यानेजमेन्ट’ को सिफारिशमा आजदेखि लागू हुने गरी ३३ बुँदे विशेष निर्देशन जारी गरेको छ । उक्त निर्देशन बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

कतार सरकारको निर्देशनानुसार अब कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्नुपर्ने, अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घरभित्र वा बन्द स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

सबै सार्वजनिक पार्क, सार्वजनिक स्थानलगायत सार्वजनिक स्थल आजदेखि नै बन्द गरिएको छ । ती स्थानमा एकै परिवारका दुई जनाभन्दा बढी जान नपाउने निर्देशन कतार सरकारबाट जारी भएको दूतावासले जनाएको छ । कोरोनाको जोखिम बढेसँगै कतारले व्यापारिक भवनमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरेको छ । बाह« वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्तास्थलमा जान बन्देज लगाइएको छ । सवारी साधन प्रयोग गर्दा मास्क अनिवार्य गरिएको छ । एउटा सवारी सधानमा चालकसहिच चार जनाभन्दा बढी यात्रा गर्न नपाइने व्यवस्था रहेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको कोरोनाको जोखिम विश्लेषण गर्ने मोबाइल एप्लिकेसन हुनैपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासले कतार सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न त्यहाँ रहेका नेपाली समुदायमा आह्वान गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट समेत जोगिन दूतावासले अपिल गरेको छ । कतारमा विभिन्न पेसा, व्यवसायमा संलग्न नेपालीको ठूलो सङ्ख्या रहेको छ ।

पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ । केही राज्यमा लकडाउन गरिएसँगै आर्थिक क्रियाकलाप खुम्चिएको छ । कतिपय नेपालीले अस्थायी रोजगारी गुमाएका छन् । सीमा नाकाबाट भित्र्ने नेपालीको लर्को लाग्न थालेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।