स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व खेल्न आग्रह

जनकपुर,मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ ।

हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना प्रकट गर्नुभएको छ ।

उहाँले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖