स्थानीय तहले उत्पादन र रोजगारीमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

बनेपा: उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्थानीय तहले अब उत्पादन र रोजगारी प्रदान गर्ने काममा योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको ४०औँ स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले स्रोतै स्रोतको सम्भावना भएको मुलुक भएकाले अब स्थानीय सरकारले रोजगारी सिर्जनाका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “रोजगारी सिर्जना नगर्ने हो भने देशको जनशक्ति खेर जाने भएका कारण समृद्ध मुलुकको सपना पूरा गर्नका लागि पनि अब आउने दिनमा नगरका जनतालाई रोजगारी सिर्जना गर्न र उत्पादनमा जोड दिन कसरी, के के कुरा गर्न सकिन्छ, त्यसतर्फ केन्द्रित भएर योजना बनाउन सक्नुपर्दछ ।”

उपप्रधानमन्त्री पोखरेलले रोजगारी सिर्जना गर्न सकेमा नगरपालिका आत्मनिर्भरतातर्फ अगाडि बढ्न सकिने र यसले ‘समृद्ध नेपाल र सुखि नेपाली’ बनाउने वातावरणसमेत सिर्जना हुने बताए । उनले बनेपा शहरलाई व्यवस्थित गर्नका लागि स्थानीय सरकारले गर्न नसकेका ठूला आयोजनाका लागि छिट्टै योजना बनाएर सङ्भीय सरकारसमक्ष पेश गर्न नगरपालिकालाई आग्रह गरे ।

“नगरपालिकाको विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकारले गरेका विकास आयोजनाको कामबाहेक अरु योजनाको प्रस्ताव सङ्घीय सरकारसमक्ष पेश गर्नुस्, त्यसलाई पूरा गर्ने जिम्मा म लिन्छु”, उनले भने, “दुखेसो पोख्ने मात्रै काम भए त्यो सम्भव हुँदैन, तर सङ्घीय सरकारसमक्ष व्यवस्थित ढङ्गले आएका योजनालाई यस पटकको नीति, कार्यक्रम तथा बजेटमा पार्ने जिम्मा मेरो हो । त्यसको लागि बनेपा, धुलिखेल र पनौतीले एकीकृत ढङ्गले व्यवस्थित योजना बनाउन आवश्यक छ ।”

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक अस्थिरताले विकास र समृद्धिको मुद्दा ओझलमा पर्न सक्ने भएकाले मुलुकलाई राजनीतिक स्थायित्व दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरकार पाँच वर्षसम्म चल्ने र त्यो अवधिमा राम्रो काम ग¥यो कि गरेन भनेर जनताले छिनोफानोसमेत गर्ने बताए । उनले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र स्वतन्त्रतामाथि आँच पुर्‍याउने कुरा आफूलाई मान्य नहुने प्रस्ट पारे ।

कार्यक्रममा नगरपालिकाका पूर्वनगरप्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठले बनेपा नगरको विकास र समृद्धिका लागि काठमाडौँदेखि बनेपा–धुलिखेलसम्म मेट्रो रेल जोड्न र अरनिको राजमार्ग फराकिलो र व्यवस्थित गर्नतर्फ सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए । नगरपालिकाको मुख्य समस्या फोहरमैला व्यवस्थापन, खानेपानीको उपलब्धता र धुँवाधुलो वातावरण व्यवस्थापन रहेको उल्लेख गर्दै उनले त्यसका लागि पनि सहयोग गर्न सरकारसँग आग्रह गरे ।

बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले नगरभित्र आवश्यक विकासका पूर्वाधार अगाडि बढिरहेको बताए । आफू निर्वाचित भएर आएको चार वर्षमा सडक, ढल निकास, खानेपानी, कृषि, स्वास्थ्य, पर्यटन र अन्य काममा नगरपालिका निरन्तर अगाडि बढिरहेको उनले बताए । उनले फोहोर व्यवस्थापनका लागि फोहोर जलाउने मेशिन ल्याएको र फाल्ने ठाउँको दीर्घकालीन समस्या समाधानका लागि जग्गा व्यवस्थापन गरेकोमा स्थानीय बासिन्दाको विरोधपश्चात विकल्प सोचेर अगाडि बढिरहेको बताए ।

प्रमुख श्रेष्ठले नगरमा जेष्ठ नागरिकलाई विश्रामस्थल निर्माण गर्ने, पर्यटन प्रवद्र्धन, कृषि, लुघउद्यम, उद्यमशिलता कार्यक्रमलगायतका नयाँ योजनासमेत अगाडि बढाइसकेको बताए । स्थापना दिवसकै अवसरमा हिजो विहान नगरभित्रका विद्यालय, सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि र विभिन्न सङ्घ÷संस्थाको सहभागितामा नगरका विभिन्न ठाउँको परिक्रमा गरेका थिए ।

सो क्रममा स्थानीय जातजातिको भेषभूषा, सांस्कृतिक बाजालगायत जातिय पहिचान झल्कने ¥यालीको आयोजना गरिएको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।