६८ वर्षीय पुरुषले गरे ब्याज रकम दिएवापत श्रमसँगै यौ’न शो’षण

सोलुखुम्बु: जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौ न तथा श्र म शो षणमा परेको घटना बाहिरिएको छ ।

छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्र मसँगै यौ न शो षण गर्ने गरेको पी डित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अ न्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् ।

आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पी डित महिलाको भनाइ छ । “ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भावुक हुँदै पी डित महिलाले भनिन्, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।”

घरायसी कामसँगै तीन/चार दिनको अन्तरमा उनीमाथि ज बरजस्ती शा रीरिक स म्पर्क राख्ने गरेको उनको भनाइ छ । “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भनिन्, “दिनभरि कामको थकानसँगै उसलाई यौ न चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।”

आफूले शा रीरिक स म्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मा र्ने सम्मको ध म्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाइ छ । गाउँघरमा जो कोहीलाई धा कध म्की दिएर खड्गबहादुरले श्र म शो षण गर्ने गरेको पी डित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताएका छन् ।

यौ न प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ । “सुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो”, महिलाले सुनाइन्, “केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ ।”

श्र म शो षण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौ न शो षणसमेत गर्ने गरेको पी डित महिलाले बताइन् । पी डित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौ न प्यास मेटाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मा र्ने ध म्कीसमेत दिने गरेको उनले बताइन् ।

खड्गबहादुरको व्यवहारको विषयमा पी डितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।

खड्गबहादुर र पी डित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मा र्ने ध म्की दिएको आरोप छ । घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेतछिमेकी सबैलाई धा कध म्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ । आफूहरु पनि अ सुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पी डित महिलाले बताइन् ।

जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ज बरजस्ती क रणी शीर्षकमा मु द्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

प्रहरीको अ नुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ । यता पीडित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ ।

अब झनै ज्यान जो खिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ । पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।