धनकुटामा १५५ ! खोटाङमा प्रदेशकै कम पत्रकार, झण्डै आधाको सदस्यता खारेज

काठमाडौं, चैत १५ । खोटाङमा पत्रकारिता बाहेक अन्य पेशामा लागेकाको सदस्यता खारेज गरिएसँगै प्रदेशकै कम संख्यामा पत्रकार छन्। गत वर्षको भन्दा झण्डै आधा संख्यामा पत्रकारको सदस्यता खारेज गरिएको महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईले बताए।

पहिले ३३ जना सदस्य रहेको खोटाङमा १५ जनाको सदस्यता खारेज गरिएको छ। यस पटक नयाँ ८ जना थप गर्दा जम्मा सदस्य संख्या २६ जना मात्रै छ। यो संख्या प्रदेश नं १ कै कम हो। पत्रकार महासंघको निर्वाचनमा आफू अनुकुल बनाउन सदस्यता संख्या थप गर्ने प्रचलन तोड्दै खोटाङमा भने सुद्धिकरण गर्दै संख्या घटाइएको छ।

पत्रकार महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा पत्रकार संगठनका प्रमुख, पत्रकार महासंघका सल्लाहकार, अग्रज पत्रकारसँग परामर्श गरेरै टुंगो लगाइएको अध्यक्ष राईले बताए। पूर्ण शुद्धिकरणका लागि अझै पनि केही संख्या घटाउन जरुरी रहेको उनले बताए।

महासंघका अनुसार भोजपुरमा ४६, धनकुटामा १५५, इलाममा १७६, झापामा २६३, मोरङमा २०४, ओखलढुंगामा ५०, पाँचथरमा ८५, संखुवासभामा ३९, सोलुखुम्बुमा ६६, सुनसरीमा २६२, तप्लेजुङमा ६०, तेह्रथुममा ८२ र उदयपुरमा १०१ जना सदस्य छन्।

खोटाङमा भने सदस्यका लागि आवेदन दिएका मध्य आधा संख्यालाई मात्रै सदस्यता दिइएको छ। १४ जनाले आवेदन दिएकामा ८ जनाले मात्रै सदस्यता पाएका हुन्।

अन्य पेशाका व्यक्तिलाई पनि सदस्यता दिएर पत्रकारिता पेशाकै बदनाम भएको भन्दै सदस्यता बढाउने होडमा पेशा बदनाम गर्न नहुने अध्यक्ष राईले बताए।

देशका कतिपय जिल्लामा गैर पत्रकारलाई सदस्यता वितरण गरिएको भन्दै यतिबेला पत्रकारले नै गुनासो गरिरहेका छन्।

नेपाल पत्रकार महासंघको चुनाव आगामी चैत २५ गते हुँदैछ। चुनावमा यस पटकदेखि सदस्यता लिएका सबैले महासंघका सबै तहमा मतदान गर्न पाउनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।