भोलिदेखि शनिबारसम्म सबै विद्यालय बन्द
काठमाडौं । सरकारले चार दिनसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यका लगायतका देशभर वायु प्रदूषण बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले भोलिदेखि शनिबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरसको संक्रमणका कारण लामो समयपछि खुलेको विद्यालय फेरि वायु प्रदुषणका कारण केही दिन विद्यालय बन्द गरिएको हो ।
पछिल्लो समय धूवाँ, धूलाे मिश्रित तुवाँलाेले बालबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ भने अस्पतालमा पनि रुघाखोकीका बिरामी बढी आउन थालेका छन् ।


