‘परिवार पाल्न गुडियाको भर’

तनहुँ, म्याग्देगाउँपालिका–४ निवासी सुकला सुनारले दश दिनको गुडिया बनाउने तालीम सिकेपछि गुडिया बनाएर परिवार पाल्न आफूमा आत्मबल बढेको बताउनु भएको छ । गाउँपालिकाले दिएको १० दिनको तालीमबाट सिकेको सीपलाई सदुपयोग गर्दै आयआर्जन क्षेत्रमा समय बिताउने लक्ष्य रहेको उहाँले बताउनुभयो । “हातमा सीप भएपछि यत्तिकै बस्दिन”, उहाँले भन्नुभयो, ‘अब घरमा बसेर काम गरी दैनिकी खर्च जुटाउन सहयोग पुग्ने अपेक्षा गरेको छु ।”

तालीममा सहभागी अर्का म्याग्दे–५ निवासी कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्छु भन्ने आत्मविश्वासका साथ तालीम लिएको बताउनुभयो । सीप जानेपछि आफूमा उत्साह मिलेको छ । उहाँले भन्नुभयो, “साँच्चीकै बेरोजगार र गृहिणी महिलालाई केन्द्रित गरी तालीम प्रदान गरेर सक्षम बनाएको महसुस गरेको छु ।”

जिल्लाको म्याग्दे गाउँपालिकाको आयोजनामा केही दिनअघि गरिबी निवारणका लागि लघुउद्यम सीप विकास कार्यक्रमअन्तर्गत ३४ जना महिलालाई १० दिने तालीम प्रदान गरेको थियो । गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई आयआर्जन गर्न यस किसिमको तालीम निकै प्रभावकारी हुने बताउनुभयो । थोरै लगानीमा कोठा भाडामा नलिई आफ्नै घरमा बसी राम्रो आम्दानी गर्न सक्ने अवसर रहेको उहाँले बताउनुभयो ।

महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीम प्रदान गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । तालीम प्रदानपश्चात् महिला खुशी भएका छन् । सिकेको सीपलाई व्यवहारमा लागू गरे÷नगरेको अनुगमन गरिने उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन यस किसिमको तालीम उपयोगी हुने सोचेर तालीमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖