खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’ को नीतिमा अघि बढाएको बताउनुभयो । हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ती खोप खरिदका लागि तयारी गरेको जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ आज बिहान ल्याइएको हो । चीन सरकारको सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताउनुभयो । केही व्यक्तिबाट दोस्रो मात्रा फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सिर्जना गर्ने ढङ्गले टिप्पणी हुन थालेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो । “सरकारले दुईवटै मात्रा एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ”, उहाँले भन्नुभयो ।

सरकारले गत माघ १४ देखि फागुन पहिलो हप्तासम्म पहिलो चरण र गत फागुन २३ देखि दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो र दोस्रो चरणमा भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप दिएको थियो । भारत सरकारले पनि नेपाल सरकारलाई १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप प्रदान गरेको थियो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले खोप हस्तान्तरणले चिनियाँ राष्ट्रपति सि जिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताउनुभयो । यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत भएको धारणा उहाँले व्यक्त गर्नुभयो । चिनियाँ पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड–१९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको उहाँले उल्लेख गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।