योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “नियमावलीको व्यवस्थाअनुसार योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर प्रदान गरी म्याचिङसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु ।”

आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा नियमाली, २०७७ को नियम १६ र अनुसूची ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरेबापत के कति अङ्क प्रदान गर्नुपर्ने हो हेरी निजहरुलाई त्यसको व्यवस्था गर्न समेत भनिएको छ ।

चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले जारी गरेको आदेशमा आयोगले अब रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुनः अध्ययन गरेर आयोगलाई नियमावली बमोजिम अङ्क पाउने भएमा अङ्क प्रदान गरेर पुनःयोग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने पर्नेछ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।