माछा मा,र्ने क्रममा क,रेन्ट लाग्दा युवकको मृ,त्यु
भोजपुर,भोजपुरको पिखुवाखोलामा माछा मा,र्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइ«ोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
उहाँ भन्नुभयो, “माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ । त्यहाँ पुग्दा तार समातेको अवस्था श,व फेला प¥यो । नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा क,रेन्ट लागेर ज्यान गएको देखिन्छ । श,व परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।”
मगर हातमा तार पक्रिरहेको अवस्थामा मृ,त फेला परेको उहाँको भनाइ छ । स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी श,व परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ ।


