सडक निर्माणभएपछि स्थानीयवासीमा खुशियाली

जाजरकोट,नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् ।

भिरालो जमीन र कडा चट्टान भएको ठाउँमा यति छिट्टै सडक बन्ला भनेर कल्पनासमेत नगरेका स्थानीयवासीले गाउँमै छिट्टै सडक पुगेपछि खुशियाली छाएको बताएका हुन् । घर छेउमै मोटरबाटो बनेपछि स्थानीयवासी गद्गद भएको वडाध्यक्ष भद्रबहादुर ध्यारले भन्नुभयो ।

सडक नहुँदा यहाँका सर्वसाधारण पाँच घण्टा हिँडेर चौखा आएर गाडी चढ्ने गर्दथे । डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने सडक भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जनयुद्धकालमा सबैभन्दा सुरक्षित बाटो मात्र होइन, सयौँ योजना र बैठक गर्ने क्षेत्रका रूपमा समेत यो ठाउँ चर्चित छ ।

प्रदेश सरकारको रु एक करोड ४७ लाखको लागतमा खड्का कृष्ण कन्स्ट्रक्शनले सो सडक निर्माणको जिम्मा लिएको थियो । सो सडक सडकखण्डमा ६२ हजार घनमिटर माटो कटिङ तथा १० हजार घनमिटर कडा चट्टानको भाग कटिङ गर्नुपर्ने उल्लेख छ । सडक बनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न तथा स्थानीयवासीलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी गोपाल ध्यारले बताउनुभयो । यो गाउँ अझै सञ्चार तथा सञ्चारमाध्यमको पहुँचबाट टाढा रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।