शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि शुरु भयो दुर्लभ एकसिंगे गैँडा गणना

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । “गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, “गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।” प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ वटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हुँदैगएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।