धनकुटामा हात्तीपाइला बिरुद्धको आमऔषधी खुवाउन सुरु
धनकुटा,२० चैत । धनकुटामा आज बाट हात्तीपाइला बिरुद्धको आमऔषधी खुवाउन सुरु गरिएको छ ।

जिल्लाको लेगुवामा अझै हातिपाइले रोगका विरामी भेटिएकोले जिल्ला भरि नै औषधी खुवाउनु परेको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
१ लाख ७१ हजार ५ सय २६ जनसंख्या रहेको धनकुटामा गत बर्ष ६८.२३ प्रतिशत मानिसले आमऔषधी सेवन गरेका थिए। यो बर्ष औषधी खान योग्य ९० प्रतिशत जनसंख्यालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वाथ्य कार्यलयले धनकुटाले जनाएको छ ।
हात्तिपाईले रोग क्यूलेक्स जातको संक्रमित पोथी लामखुटेको टोकाईबाट लाग्ने रोग हो । यो रोगबाट विश्वमा १२ करोड भन्दा बढि मानिसहरु संक्रमित छन भने ४ करोड भन्दा बढि मानिस अंगभंग भएको तथ्यांक छ ।


