सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले

डोटी, २१ चैत । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उहाँले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिममा असङ्ख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, ती क्षेत्रको दिगो विकासका लागि सरकारले विभिन्न कार्ययोजना अगाडि बढाएको छ, चाडै नै यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको पूर्वाधारको काम हुनेछ ।”

मन्त्री आलेले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माण गरिने योजनाका साथ अगाडि बढेको जानकारी दिदैं सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडक्षेत्रमा पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खप्तडक्षेत्र यहाँको पर्यटकीय केन्द्रविन्दु हो, यस क्षेत्रको विकास गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ । त्यसैले यस क्षेत्रको पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउनेमा आफ्नो पूर्ण सहयोग हुनेछ ।”

मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनको तयारी भइरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा सडक, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधार विकास निर्माणमा वर्तमान सरकारले गम्भीर रहेको जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिमका सुकुम्बासीको घर जग्गा व्यवस्थापनका लागि पहल भइरहेको र केही दिनमै उनीहरुले जग्गाधनी लालपुर्जा पाउने बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताउनुभयो । सरकारले सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्नका लागि बजेट विनियोजन गरिसकेको बताउँदै उहाँले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा प्राणी उद्यानको निर्माणका लागि सरकारी प्राविधिक टोलीले सर्वेको कार्य अगाडि बढाएको जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।