गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन्

डोटी, स्थानीय तह गठन भएदेखि भाडाको घर छाडेर दुई गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन् । पछिल्लो समय जोरायल र बडिकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गर्न थालेका छन् ।

नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि उक्त गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिव्रता दिई काम सम्पन्न गरी सेवा सञ्चालन गरेका हुन् । जोरायलको पक्की भवन निर्माण गरिको छ भने बडिकेदारको ‘प्रिफ्याब’ भवन निर्माण गरिएको छ ।

बडिकेदारको भवन कुल रु ७० लाखको लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बनेको भवनमा सभा हल, सबै विषयत शाखा अटाउने कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहित २२ कोठाको भवन निर्माण गरिएको हो । उक्त भवनको निर्माण एस.एस. कन्सट्रक्सन दिपायलले गरेको हो । आफ्नै भवन निर्माण भएपछि नागरिकलाइ एक छाना मुनीबाट सेवा दिन निकै सहज भएको बडिकेदारका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।

यसैगरी जोरायलले पनि कुल रु दुई करोड तीन लाखमा १४ कोठाको आफ्नो भवन निर्माण सम्पन्न गरेको छ । नयाँ बनेको भवनमा सभाहल, सबै विषयत शाखाका कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष निर्माण गरिएका छन् । उक्त भवन थानी कन्सट्रक्सन काठमाडांैले निर्माण गरेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।