वहुवर्षे योजनाका निर्माण सुरु

इटहरी । इटहरी उपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजनाका निर्माण सुरु गरिएको छ । इटहरी ७ नं वडावाट वहुवर्षे योजना निर्माण कार्यको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शुभारम्भ गर्नुभयो ।

इटहरी ७ को रामजानकी मन्दिरदेखि नहरसम्म, मलंगवा मार्ग, मलेक्षी मार्ग, शुभलक्ष्मी मार्ग, सिसौना मार्ग जोडने वहुवर्षे सडक योजनाको प्रमुख चौधरीले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले पूल, कल्र्भट निर्माण र सडक कालोपत्रे गरिने यो योजना चालु आर्थिक वर्षका वहुवर्षे योजना मध्ये कै सवैभन्दा ठूलो रहेको वताउनुभयो ।

यो आर्थिक बर्षमा इटहरी उपमहानगरका ४० वटा वहुवर्षे योजना रहेका छन । इटहरी वडा नं ७ का अध्यक्ष नर वहादुर राईले इटहरी ७ वाटै वहुवर्षे योजनाको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उप-महानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले साना योजनालाई मर्ज गरेर एउटै ठूलो योजना निर्माण गरिएको जानकारी दिनुभयो । यो योजना सम्पन्न भएपछि इटहरी ७ का सवै मुलवाटोहरु कालोपत्रे हुने छन ।

सो सडक योजना भ्याट वाहेक २ करोड, ५९ लाख, ३३ हजार २७ रुपियाँमा ठेक्का लागेको छ । इटहरी उपमहानगरमा गत आर्थिक वर्षमा ११ वटा वहुवर्षे योजना संचालित थिए । ति मध्ये पाँच वटा ग्रामिण सडक योजना कालोपत्रे सम्पन्न भएका छन । अन्य योजना सम्पन्न हुने क्रममा छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।