पत्रकार महासंघको निर्वाचन सम्पन्न,मतगणना केहीबेरमा सुरु
धनकुटा । नेपाल पत्रकार महासंघको निर्वाचन आज सम्पन्न भएको छ ।
केन्द्रले तोकेको निर्वाचन कार्य तालिका अनुसार भएको निर्वाचनमा धनकुटामा १ सय २२ जनाले सहभागीता जनाएका छन् । जिल्लाको १ सय ५५ सञ्चारकर्मी मतदाता मध्ये १ सय २२ जनाले निर्वाचनमा सहभागिता जनाएका हुन् ।
मत गणना अव केही वेरमा शूरु हुने निर्वाचन समितिले जनाएको छ । त्यस्तै मोरङमा १ सय ९७, सुनसरीमा २ सय ४८,झापा २ सय ५७, पाँथरमा ८२, ईलाममा १ सय ५५, उदयपुर ९६, तेह्रथुम ६८, भोजपुर ३९, सोलुखुम्वुमा ६० ओखलढुङ्गा ४७, खोटाङ २६,संखुवासभा ३६ र ताप्लेजुङमा ५३ मत खसेको छ ।


