विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने : मुख्यमन्त्री राई

मोरङ: प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने बताएका छन्।

प्रदेश–१ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’ को फ्लड लाइट( रात्रि बत्ती) मा आज साँझ विराटनगरको शहीद रङ्गशालामा उद्घाटन गर्दै उनले खेलकूदको विकासमार्फत यस क्षेत्रमा आर्थिक चलायमान गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि गर्नुपर्ने विस्तारको लागि लागि तीन तहको सरकारको सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, विराट गोल्ड कप ट्रष्टका संयोजक सन्तोष बानियाँ लगायतले यस क्षेत्रमा फुटबल खेलको विकासमा गोल्ड कप प्रतियोगिताले सहयोग पु¥याउने विचार व्यक्त गरे।

आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी १० क्लबको सहभागिता रहेको छ। उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका–११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, सङ्कटा क्लब, भारतको युनाइटेड सिक्किम, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएशन क्यामरुम टोलीको सहभागिता रहेको ट्रष्टका अध्यक्ष सन्तोष बानियाले बताए।

गोल्डकप बिजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले सात लाख ५१ हजार नगद र शिल्ड प्राप्त गर्ने फुटबल आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने छ। प्रतियोगिता प्रत्येक दिन राति ७ बजेदेखि सञ्चालन हुनेछ।

प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल अहिले विराटनगर महानगरपालिका–११ र भारतको युनाइटेड सिक्किमबीच भैरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।