बढ्दै कोरोना संक्रमित : विद्यालय र पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई सिफारिस

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए । त्रिपाठीले भने, ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु बन्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ ।’

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए।‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं,’ उनले भने, ‘बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ।’

केहि दिन अघि प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताएका थिए। स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उनले दिएका थिए।

छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढ्दो क्रममा रहेकोले त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिएका थिए।

उनको यो धारणासँगै विद्यालय तहको परीक्षा कार्यतालिकामा हेरफेर हुनसक्ने आकलन गरिए पनि शिक्षाका अधिकारीहरूले अहिलेसम्म यस विषयमा नसोचिएको स्पष्ट पारेका हुन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।