कब्जा गरिएका जग्गा फिर्ता लिइने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा आज उहाँले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताउनुभएको हो ।

काठमाडौँ पहेँलो पुलस्थित सरकारी जग्गालाई भूमाफियाले प्रयोग गरेपछि आज उपप्रधानमन्त्री पोखरेल र भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री डा शिवमाया तुम्वाहाङ्फेको उपस्थितिमा ‘यो जग्गा नेपाल सरकारको हो’ भनी लेखिएको बोर्ड राखिएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारी जग्गालाई दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने बताउनुभयो । उहाँले सरकारी जग्गा दुरुपयोग हुन नदिन स्थानीयवासीसमेत चनाखो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा पनि सार्वजनिक जग्गाको रक्षा गर्ने सरकारको अभियान भएको बताउनुभयो ।

भूमि व्यवस्थामन्त्री तुम्वाहाङ्फेले सार्वजनिक जग्गाको अतिक्रमण गर्ने क्रम बढेकाले सरकारले आफ्नो जग्गा आफ्नो नाममा ल्याउने अभियानलाई तीव्रता दिने जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नम्बर ५ का प्रदेश सांसद नारायण सिलवालले २०२१ सालमा खोलाले धार काटेपछि बाँकी रहेको जग्गालाई व्यक्तिले गुठीको नाममा दर्ता गरी मोही कायम गरेकाले त्यसलाई फिर्ता गरिएको बताउनुभयो ।

सरकारी टोलीले आज महानगरपालिका–५ मा रहेको कित्ता नम्बर २०८, २१०, २४७, २४९, २५१ गरी कूल दुई हजार ९०८ दशमलव ४४ वर्गकिलोमिटर अतिक्रमित जग्गामा सरकारी बोर्ड राखेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।