ओली–ठाकुरबीच एक वर्षयता नै निकटता
कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको निकटता बढेको छ ।
ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरु बताउँछन् ।
ठाकुर निकट नेताहरु प्रधानमन्त्री र ठाकुरबीचको निकटता आगामी चुनाव र सहयात्रासम्म जान सक्ने बताउँछन् । नागरिक दैनिकमा खबर छ ।


