‘विद्यालय बन्द नगरे स्थिति भयावह’

काठमाडौं । कोरोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा तत्काल विद्यालय बन्द नगरे भयावह स्थिति सिर्जना हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ ।

केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) ले समेत यो वर्ग व्यापक रूपमा प्रभावित हुन थालेको विज्ञहरूको भनाइ छ ।

‘यो उच्च सतर्कता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ,’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्था खराब हुँदै गएको छ । नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदरसमेत बढी गराउने गरी देखिएको छ ।’

उनका अनुसार कोरोना संक्रमण फेरि तीव्र विस्तार भइरहँदा बालबालिकाहरू गत वर्षको दाँजोमा धेरै प्रभावित भइरहेका छन् ।

कोरोनाको पहिलो लहरमा उनीहरूमा कम प्रभाव देखिएको थियो । लकडाउनका कारण बालबालिका घरमै बस्नु, सामाजिक रूपमा बढी घुलमिल नहुनु र शैक्षिक संस्था पूर्ण रूपमा बन्द रहनुले संक्रमण भयावह हुन नपाएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।