आज पनि देशैभर ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार र शनिबार दुई दिन हिजोको जस्तै देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।

उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ।

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उनले भनिन्। हिजो पनि काठमाडौं उपत्यकासहित देशभरजसै ठूलो हावाहुरी आएको थियो। वरिष्ठ मौसमविद् मानन्धरका अनुसार दिउँसो ३र४ बजे सुरु भएको हुन्डरी राति १० बजेबाट मात्र मत्थर भएको थियो।

‘आज पनि लगभग त्यही समयमा हावाहुरीरचट्याङको सम्भावना देखिन्छ,’ उनले भनिन्। तर सम्भावना भने अपराह्नपछि नै देखिएको उनले बताइन्। उनका अनुसार अपराह्नपछि भन्नाले कार्यालय समय हो। अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरीरचट्याङ यसैगरी अचानक हुने उनले बताइन्।

हिजो हावाहुरी आएको भए पनि ठूलो वर्षा कतै नभएको उनले बताइन्। जसले गर्दा देशका विभिन्न स्थानमा लागेको ढडेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।