छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास नगराउन निर्देशन

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास (प्राइभेट प्राटिक्स) नगराउन निर्देशन दिएको छ। सरकारी छात्रवृत्तिमा डीएम/एमसीएच/एमडी/एमएस/एमडीएस पढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्न निर्देशन दिइएको हो।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले आज सबै प्रतिष्ठान, सङ्घीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई पत्राचार गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारी छात्रवृृत्तिमा चिकित्सक विषय बढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई अस्पतालमा विस्तारित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने भनिएको जानकारी दिए। मन्त्रालयले विषेशज्ञ चिकित्सकलाई अस्पतालको आवश्यकताको आधारमा फस्ट अनकल ड्युटि (इमरर्जेन्सी) मा सहभागी हुन निर्देशन दिएको छ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।