हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको शुभारम्भ

हतुवागढी । हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको शुभारम्भ गरिएको छ।

सगरमाथा उच्च मा. वि. घोडेटारमा चार दशक लामो समय अबिछिन्न शिक्षण पेशामा संलग्न रहि बिद्यालयको शैक्षिक, भौतिक बिकास तथा समग्र हतुवा क्षेत्रलाई उज्यालो गोरेटोमा डोर्‍याउन नेत्रुत्वदायी भुमिका निर्वाह गर्नुहुने ईश्वरमान राईको सम्मानमा सो पुस्तकालय तथा अध्ययन प्रतिष्ठानको अवधारणा ल्याईएको हो।

बैशाख १ गते अपरान्ह ४ बजे आयोजित एक औपचारिक कार्यक्रमका विच गरिएको उद्घाटनमा पुर्व माननीय सांसद धनहर्क राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई तथा हतुवागढिका सबै जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, घोडेटार बजारबासी एवं ईध्वरमान राईका शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भुपु सांसाद धनहर्क राईले ईश्वरमान राईसंगका पुराना दिनहरु स्मरण गर्दै उहाँले शैक्षिक क्षेत्रलाई मात्रै नभएर समग्र समाजको मुहार परिबर्तनका लागि अतुलनिय योगदान पुर्‍याईरहनुभएको उल्लेख गर्नुभयो। हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले मान्छेले गरेको योगदानको चर्चा र सम्मान सम्बन्धित कै जिवनकालमा गरिनुपर्छ भन्ने उद्देस्यका साथ यो कार्यमा आफ्नो ब्यक्तिगत तथा संस्थागत ढंगले पुर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

प्रतिष्ठानका अध्यक्ष ईन्द्र थापाले स्थापनाको औचित्य तथा आवस्यकतामाथी प्रकाश पार्दै ईश्वरमान राईले डोर्‍याउनुभएको बाटोलाई पछिल्लो पिँढिसम्म जोड्नका लागि गरिएको प्रयास नै प्रतिष्ठानको शुरुवात रहेको उल्लेख गर्नुभयो। यदैबिच उहाँले महत्वपुर्ण घोषणा समेत गर्नुभयो, “आफ्नो आमा बुवापछी सबैभन्दा धेरै सम्मान गर्ने ब्यक्तित्व ईश्वर सर हुनुहुन्छ। तसर्थ हाम्रो स्वर्गीय आमा बुवाको सम्झनामा हामी दाजुभाईहरू मिलेर यहिँ प्रतिष्ठानको दिगो बिकास र संचालनका लागि ५ लाख रुपैँयाको अक्षयकोष स्थापना गर्नेछौँ।”

बैशाख १ गते ईश्वरमान राईको जन्मदिन पनि रहेकोले सो अवसरमा उहाँलाई किराँती संस्कार अनुसार सेतो फेटा गुथाएर उहाँको शीर उठाईएको थियो। पुर्व सांसद धनहर्क राई र गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले फेटा गुथाईदिएपछी अन्तिममा आफ्नो कुरा राख्नुभएको ईश्वरमान राईले आजिवन काम बाहेक अरु नहेरी हिँडिरहँदा आफुलाई आफ्नो छोराछोरिहरुको कर्मकाण्ड समेत न्वारन बाहेक अरु गरिदिन नभ्याएको अनुभूति सुनाउनुभयो। उहाँको थप कथन थियो, “जन्मदिन त यादै गरिएन। मेरो जिवनमा जन्मदिन यसरी मनाएको यो पहिलो अनुभव हो। सम्मानका खातिर काम गरेको त होईन। आवस्यकताले डोर्‍याएर ती कामहरु गर्नुपर्ने बाटोमा पुर्‍याएको हो। तर आजको माहोल देख्दा जिवनमा मैले गरेको कामहरू ठिकै रहेछन भन्ने लागिरहेको छ।” उहाँलाई २०६७ सालमा कान्तिपुरको सहप्रकाशन नेपाल साप्ताहिकले “अल्वा रत्न सम्मान” बापत प्रदान गरेको ५० हजार रुपैँयाको चेक प्रतिष्ठानलाई हस्तान्तरण समेत गर्नुभयो। अल्वा रत्न सम्मान ग्रहण गरिरहनुहुँदा नै उहाँले त्यस बापत प्राप्त रकमलाई घोडेटारमा सार्वजनिक पुस्तकालय स्थापनाका निमित्त प्रयोग गर्ने घोषणा गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न ब्यक्तित्व तथा संघ संस्थाहरुबाट पुस्तक तथा नगद सहयोग समेत प्राप्त भएको जानकारी गराईएको थियो। मार्टिन चौतारि, बिबेक भण्डारिबाट विभिन्न बिद्याका पुस्तकहरु प्राप्त भएका थिए भने लुङ्गिन घर भई हाल हङ्कङ् निवासी तिलक वालाहाङ्गले १ लाख रुपैँया नगद सहयोग प्रदान गर्नुभएको थियो। घोडेटार स्थित ब्यबशायिहरु प्रकाश राई, धनबहादुर श्रेष्ठ, हरि श्रेष्ठ, भिम श्रेष्ठ लगायतले समेत नगद सहयोग प्रदान गर्नुभएको थियो।

कार्यक्रममा दौडान तत्काल हतुवागढी गाउँपालिकाको आर्थिक सहायतामा करिव ४ लाख रुपैयाको पुस्तक खरिद गरि भाडाको भवनमा अस्थायी संरचना तयार गरि शुरु गरिएको प्रतिष्ठान निकट भबिष्यमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरि विभिन्न सृजनात्मक तथा बौद्धिक गतिबिधिहरु संचालन गरिने कुरा प्रतिष्ठानका सचिव अरुण आकाशले उल्लेख गर्नुभयो।-hatuwaherald

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।