साहित्यकार वैष्णवको निधन

काठमाडौँ, ४ वैशाख । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो ।

विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मनुभएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् । यसैबीच नई प्रकाशनले वैष्णवको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।