ओली प्रतिष्ठानद्वारा पुरस्कृत प्रतिभाको घोषणा

झापा, ४ वैशाख । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पु¥याउने राष्ट्रिय एवम् अन्तरराष्ट्रिय व्यक्ति र संस्थालाई दुई वर्षको अन्तरालमा रु पाँच लाखको ‘श्री प्रसाद ओली प्रज्ञान पुरस्कार’ दिने घोषणा गरेको छ ।

साहित्य, विज्ञान, पत्रकारिता, कृषि, सामाजिक सेवालगायत क्षेत्रका प्रतिभाहरुलाई बर्सेनि पुरस्कृत गर्दै आएको प्रतिष्ठानले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

झापाका समाजसेवी श्री प्रसाद ओलीले २०६७ सालमा रु एक करोडको अक्षयकोष राखी प्रतिष्ठानको स्थापना गर्नुभएको थियो । उहाँको देहान्तपछि छोराहरुले पुरस्कार तथा सम्मानको कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ ।

प्रतिष्ठानले कफी खेतीको विकास, प्रवद्र्धन र बजार विस्तारमा अनुकरणीय योगदान पु¥याएको भन्दै पाल्पा जिल्लाको मदनपोखरा–७ का ढकेश्वर घिमिरे र काठमाडौँ–३१ का प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा नगद रु एक लाख एक हजार १११ १,०१,१११÷–को ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०२०’ प्रदान गर्ने निर्णय गरेको छ ।

कारागारका कैदी महिलासँग आश्रित तथा सहाराविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, सीप विकास र लालनपालनमा विशेष योगदान पु¥याएकामा कदर गर्दै प्रतिष्ठानले झापाको अर्जुनधारा–११ निवासी इन्दिरा रानालाई रु एक लाख एक हजार १११ सहित ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०२०’ बाट पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका अनुसार प्रतिष्ठानले मोफसलमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर उल्लेखनीय सेवा गर्नुभएको दाङ जिल्लाको घोराही–१८ निवासी दधिराम सुवेदीलाई रु एक लाख एक हजार १११ सहित ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०२०’ दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, मुसहर समुदायका बालबालिकाको हकहित र बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएको मोरङको बूढीगङ्गा–२ मा रहेको रक्षा किशोरी समूहलाई नगद रु ५१ हजार १११ सहित ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०२०’का लागि छनौट गरिएको उहाँले बताउनुभयो । जुडो विधामा तेह्रौँ साग खेलकूदमा स्वर्ण पदक प्राप्त गरी देशको गौरव अन्तरराष्ट्रियजगत्मा बढाउन मद्दत पु¥याएको भन्दै प्रतिष्ठानले झापा गाउँपालिका–२ की देविका खड्कालाई नगद रु २५ हजार १११ सहित सम्मान गरिने उहाँले बताउनुभयो ।

साहित्यतर्फ सक्रिय रुपमा कलम चलाएर नेपाली भाषा र साहित्यको सेवा पु¥याएबापत झापाको कनकाई निवासी साहित्यकार कोमलप्रसाद पोखरेललाई रु ५१ हजार १११ सहित ‘श्री प्रसाद ओली साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ ।

अध्यक्ष ओलीका अनुसार यसै वर्षदेखि प्रतिभा छनौट हुनेगरी क्यान्सर र त्यस्तै प्रकृतिको गम्भीर रोगको निवारणका लागि खोज तथा अनुसन्धान गर्ने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष रु एक लाख एक हजार १११ को बद्रीप्रसाद ओली स्मृति पुरस्कार घोषणा गरिएको छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण वितरण हुन नसकेका रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार (गोर्खाको पालुङटार–७, राजेन्द्रराज पन्त), गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार (दोलखा तामाकोशी–२, सृजना कार्की), अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार (झापाका चुडामणि रेग्मी) र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार (शिवसताक्षीका प्रितम काफ्ले) समेत यसपटक वितरण गरिने भएको छ ।

यही वैशाख १४ गते विर्तामोडमा विशेष कार्यक्रमबीच घोषित सबै पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।