वाग्मती सफाइ महाअभियान ४१४ औँ हप्तामा

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४१४ औँ हप्ताको सफाइ वाग्मती र रुद्रमती नदीको दोभान क्षेत्रमा गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ११ का जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियतामा गरिएको सफाइबाट नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

कुहिने फोहर भने खाडल खनेर नदी किनारमा गाडिएको छ । शुक्रबार भएको वर्षाका कारण पानीले बगाएर ल्याई थुपारेको प्लाष्टिक झोला र बोत्तल व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिइन् ।

सफाइमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडे, पूर्व मुख्य सचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । यसैगरी संस्थागत रुपमा तीन वटै सुरक्षा निकाय, सशस्त्र प्रहरी श्रीमती सङ्घलगायतले आजको सफाइमा सहयोग गरेको जनाइएको छ ।

वाग्मतीको तिलगङ्गा खण्ड सफाइ अभियानको २९५ औँ हप्ताका अवसरमा त्यस क्षेत्रमा सफाइ गरिएको छ । महिलाको सक्रियतामा त्यस क्षेत्रमा सफाइ हुँदै आएको छ । यसैगरी गुहेश्वरीमाथिको वाग्मती, वाग्मतीको सुन्दरीघाट खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुई घण्टा जारी छ । राष्टका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो । वाग्मती सफाइ अभियान शुरु भएपछि यसका विभिन्न खण्डका साथै सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो ।

उपत्यका बाहिरका मुख्य नदी, शहरी एवं सांस्कृतिक स्थलमा पनि सफाइ अभियान शुरु भएको छ । हाल देशभर गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।